कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा

कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुतको मुद्दा हेर्दाहर्दैमा राखिएको छ । उच्च अदालत जनकपुरले बुधबार बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा निहारिकाको मुद्दाको सुनुवाइ भएको थियो । तर, बहस नसकिएकाले हेर्दाहेर्दैमा राखेर मंसिर २१ गतेका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी नुतन झाले जानकारी दिइन् ।

बलात्कारपश्चात गर्भवती भएको र गर्भ तुहाउन दबाब दिए पनि बच्चा जन्माएको निहारिकाले बताउँदै आएकी छन् । शिवराज श्रेष्ठमाथि उनले बलात्कारको मुद्दा दायर गरेपछि जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएको थियो ।

अदालतले घुस खाएर श्रेष्ठलाई सफाइ दिएको भन्दै निहारिकाले लामो समय आन्दोलन गरिन् । उनले काठमाडौंमा महिनौंसम्म धर्ना दिइन् । निहारिकाले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयाससम्म गरेकी थिइन् ।

Europass CV in Nepal

निहारिकाले जन्माएको छोरा र आरोपी श्रेष्ठको डीएनए परीक्षणको माग राखेकी थिइन् । लामो आन्दोलनपछि उच्च अदालत जनकपुरले डीएनए परीक्षण गराउन आदेश दिएको थियो । उनीहरुको डीएनए म्याच भइसकेको छ ।

 

Europass CV in Nepal