मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

चार-पाँच तल्ले घर ठडाएर भाडामा लगाउने सुकुम्बासीलाई कारबाही गर्छौं : सहरी विकासमन्त्री

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन्। उनले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागिपरेका छौं। त्यसका लागि सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको र त्यसपश्चात उनीहरूको बर्गीकरण गरिने मन्त्री चौधरीले बताए।

‘साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ। उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं। अपार्टमेन्टमा नअटे हामीले नै भाडा तिरेर अन्यत्र राख्छौं,’ काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने।

उनले सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने बताए। ‘सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ। त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं,’ मन्त्री चौधरीले भने। उनले केही सुकुम्बासी भनिएकाहरूले चार-पाँच तल्ले घर बनाएर भाडामा लगाइएको बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।