सिके राउत र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट, सरकारमा सामेल हुने सहमति

सिके राउत र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट, सरकारमा सामेल हुने सहमति

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

‘भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भनेका छन् ।

Europass CV in Nepal

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘प्रधानमन्त्रीजीसँग भेट भयो । भेटमा उहाँले लोकतान्त्रिक सरकार बनाउनुपर्छ भन्ने उहाँको चाहना राख्नुभयो, तपाइहरुको पनि समर्थन चाहियो भन्नुभयो । प्रदेशदेखि केन्द्रसम्मको सरकार बनाउन उहाँहरुले हाम्रो आवश्यकता महसुस गर्दा अध्यक्षजीले पनि सरकारमा सामेल हुन सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।मधेशको नयाँ शक्तिकारुपमा उदाएको जनमतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा समेट्न नेता निधिले पहल गरेका थिए । निधि र राउतबीच पटक-पटक भेटघाट र संवादपछि निधिले राउतलाई प्रधानमन्त्री देउवासँग भेटाएका हुन् ।

 

Europass CV in Nepal