बाजुरामा हत्या काण्डमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

बाजुरामा हत्या काण्डमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ

धनगढी ।  बाजुरामा हत्यामा संलग्न रहेको आरोपमा त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मतदानको दिन कुटपिट गरी त्रिवेणी नगरपालिका-७ का चेतन अयडीको हत्यामा संलग्न भएको आरोप वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको डीएसपी सूर्य थापाले बताए ।

हत्यामा संलग्न रहेको आरोपमा वडाध्यक्ष अयडीसहित २२ जनाको नाममा किटनी जाहेरी छ । हालसम्म पाँच जना पक्राउ परेका र अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ । वडाध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्रिवेणी-७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोलीबाट कांग्रेस समर्थक रहेका स्थानीय सञ्जीव अयडीको मृत्यु भएको थियो । सञ्जीवको मृत्युपछि कांग्रेस समर्थकहरुले एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका चेतनलाई राति घरमै गएर कुटपिट गरी हत्या गरेका थिए ।

Europass CV in Nepal

 

Europass CV in Nepal