मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

राजेशपायल राईलेपहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनको छोराको नाम हो सायारेम ।गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचार आएपछि पनि यसबारे राजेशपायल मौन थिए ।

उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।

राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् ।

सायारेम नाम राजेशपायल राईले आफ्नो अघिल्लो गीतबाट लिएका हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।