मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

२० वर्षपछि पोर्चुगल र कोरिया आमनेसामने, कसले मार्ला बाजी ?

Himali Patrika 1 मिनेट पढाइ

कतारमा जारी विश्वकपमा शुक्रबार राति समूह एच को अन्तिम खेलमा दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे भिड्दै छन्।पोर्चुगल र दक्षिण कोरिया २० वर्षपछि विश्वकपमा आमने सामने हुन लागेका हुन्। यसअघि सन् २००२ मा भएको भेटमा कोरियाले पोर्चुगललाई १–० ले हराएको थियो। पोर्चुगल आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुँदा कोरिया भने इतिहास दोहोर्‍याउने दाउमा हुनेछ।

यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पोर्चुगललाई समूह विजेता बन्न आजको खेलमा बराबरी नै पर्याप्त हुनेछ। तर पोर्चुगल शतप्रतिशत जितका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्न गर्न चाहन्छ।

विश्वकपमा पोर्चुगलको उत्कृष्ट नतिजा भनेको १९६६ मा तेस्रो हुनु हो। पोर्चुगल १९८६, २००२ र २०१४ को समूह चरणबाटै बाहिरिएको थियो।नकआउट चरणमा स्थान बनाउनका लागि दक्षिण कोरियालाई भने स्पष्ट जितको खाँचो छ। बराबरीको नतिजाले पनि कोरियाको अघिल्लो चरण पुग्ने सम्भावना सकिनेछ।

पहिलो खेलमा हार व्यहोरेको कोरियाले दोस्रो खेलमा बराबरीको नतिजा निकालेको थियो। दक्षिण कोरियाले पोर्चुगलमाथि जित निकालेर मात्र पर्याप्त हुने छैन। घाना र उरुग्वेको नतिजाले पनि अघिल्लो चरणको यात्रा तय गर्नेछ।

११ औँ पटक विश्वकपमा सहभागिता जनाइरहेको कोरिया यसअघिका दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो।विश्वकपमा कोरियाको अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको २००२ मा सेमिफाइनल खेल्नु हो। त्यसपछिको संस्करणमा पहिलो चरणबाट बाहिरिएको कोरिया २०१० मा अन्तिम १६ सम्म पुगेको थियो। यी दुई संस्करण बाहेक कोरियाले पहिलो चरण पार गर्न सकेको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।