भिम रावलको प्रश्न, अमेरिकी राजदूतसँग बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो ?

भिम रावलको प्रश्न, अमेरिकी राजदूतसँग बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन् । उनले राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? जानकारी गराउन माग गरेका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ?’ उनले प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

Europass CV in Nepal

बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको थियो।

 

Europass CV in Nepal