मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

भिम रावलको प्रश्न, अमेरिकी राजदूतसँग बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्तामा प्रश्न उठाएका छन् । उनले राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? जानकारी गराउन माग गरेका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ?’ उनले प्रश्न गर्दै ट्वीटरमा लेखेका छन्, ‘स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।