रवि लामिछानेको नागरिकता विषयमा लेख्ने अनलाइन न्यूजपोर्टलमा ह्याकर घुस्यो

रवि लामिछानेको नागरिकता विषयमा लेख्ने अनलाइन न्यूजपोर्टलमा ह्याकर घुस्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको नागरिकता विषयमा समाचार लेख्ने अनलाइन न्यूजपोर्टल उकेराडटकमको वेबसाइटमा अनधिकृत रुपमा ह्याकरले समाचार परिवर्तन गरिदिएका छन्। पथसिड मिडिया प्रालिद्वारा जारी विज्ञप्तिमा  उकेरा अनलाइनको कन्टेन्ट मेनेजमेन्ट सिस्टममा अनधिकृत रूपमा प्रवेश गरेर समाचार कसैले समाचार परिवर्तन गरिदिएको छ।

उकेराको सञ्चालक पाथसिड नेपाल प्रालिले एक विज्ञप्ति जारी गर्दै सर्भरमा पटक पटक आक्रमण गरिएको र समाचार हटाइएको उल्लेख गरेको छ। अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले रवि लामिछानेको नागरिकता र पासपोर्ट प्रकरणसँग सम्बन्धित दुइटा, उपराष्ट्रपतिका छोरा दिपेश पुनको सहकारीसँग सम्बन्धित समाचार मेटाइएको बताए।

‘भारतको अदालतले नेपालमा रवि लामिछानेको जस्तै प्रकरणमा गरेको व्याख्यासम्बन्धी समाचार र उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको भन्ने समाचारको कन्टेन्ट डिलिट गरिएको थियो’, ढुंगानाले भने, ‘अनधिकृत व्यक्तिले हेडलाइन नमेटिकन समाचार र फोटोहरू परिवर्तन गरेको देखिन्छ।’

Europass CV in Nepal

ढुंगानाले साइबर आक्रमण सुनियोजित नदेखियोस् भनेर अन्य केही कन्टेन्टमा समेत अनधिकृत रूपमा परिवर्तन गरिएको हुनसक्ने बताए।

‘सुकुम्बासी बस्तीको समाचार र नायक सलोन बस्नेतको विवाहसँग सम्बन्धित एउटा समाचारमा पनि परिवर्तन गरिएको थियो’, ढुंगानाले भने, ‘उकेरा र मलाई पछिल्लो समय रवि लामिछानेसँग सम्बन्धित समाचार छाप्दा सामाजिक सञ्जालबाटै समेत हिंसा भैराखेको छ। अहिले वेबसाइटमा रविसँग सम्बन्धित समाचार मात्र ‘टार्गेट’ गर्दा सुनियोजित देखिन्छ कि भनेर अरू सामग्री समेत चलाएर बदमासी लुकाउन खोजेको जस्तो देखिन्छ।’ ढुंगानाले उकेरामाथि भएको साइबर आक्रमणबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गर्ने तयारी भैरहेको बताए।

 

Europass CV in Nepal