मुख्य सामग्रीमा जानुहोस्
Thursday, 22 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भिम रावललाई बालेनले दिए कडा जवाफ, तपाईंहरू जस्तो सहयोग माग्ने हामीलाई रहर छैन

Himali Patrika 1 मिनेट पढाइ

अमेरिकी राजदूत काठमाडौँका मेयर बलेन शाहले भेट गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका थिए। उनले उनले राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन भन्ने प्रश्नको जवाफ बलेन शाहले फर्काए छन्।

 मेयर शाहले अमेरिकी राजदूत  पटकपटक आफूसँग भेट्न खोजेको र आफूले परराष्ट्रबाट अनुमति लिएर मात्र भेट्न आउन भनेको कुरा फेसबुक स्टाटस लेख्दै जानकारी दिएका छन्। यस्तो छ मेयर शाहले भिम रावललाई दिएको जवाफ

अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।
हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।