बालेनको प्रभाव : २७ वर्षपछि खुला देखियो बागबजार क्षेत्र

बालेनको प्रभाव : २७ वर्षपछि खुला देखियो बागबजार क्षेत्र

काठमाडौं । व्यवसायिक केन्द्र र घनाबस्तीका कारण चहलपहल रहने बागबजार क्षेत्रबाट महानगरपालिकाले पार्किङ हटाएपछि मिश्रित प्रतिक्रिया आएका छन् । पार्किङ हटाउँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो स्थानीय व्यवसायीहरुको छ भने पैदलयात्री खुसी भएका छन् ।

विगत २७ वर्षदेखि पार्किङ्गको रुपमा उपयोग हुँदै आएको बागबजार क्षेत्रलाई ट्राफिक प्रहरीले यतिबेला खाली गरेको छ । खाली गरेसँगै आफ्ना ग्राहक भड्किने त्रास व्यवसायीको छ । व्यवसायी मध्येकै केही भने यसले सुधार ल्याउने भन्दै आशावादी छन् ।सडक भनेको सवारी साधन गुडाउन भएको र त्यहाँ कुनै सवारी साधन पार्किङ्ग गर्न नमिल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ ।

महानगरले बागबजारको सडकमा हालै महानगरले कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङमा निषेध गरेको हो । व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने माग गरेका छन् ।

Europass CV in Nepal

पार्किङ्ग हटाइएको स्थानमा दोहोरो सवारी साधन चल्ने भएकाले यो कदम अनिवार्य रहेको महानगरको दावी छ । उसले बागबजारस्थित आफ्नो स्वामित्वको सिटी मार्केट हातामा एक हप्ताभित्र पार्किङको बन्दोबस्त मिलाउने काठमाडौं महानगरपालिकाका, महानगर प्रहरी प्रमुख राजु पाण्डे बताउनुहुन्छ ।

बागबजार स्थित सडकमा गरिएको सवारीसाधन पार्किङ्ग हटाएको सकारात्मक भएको र पार्किङ्गको लागि विकल्प दिन पैदलयात्रीले आग्रह गरेका छन् । पहिले बाटोमा हिड्न अप्ठेरो हुने गरेको र अहिले सहज भएको महरा बताउनुहुन्छ । त्यस्तै, राजेन्द्रबहादुर केसीले पार्किङ्ग हटाउदा पैदलयात्रीलाई सहज भएको र व्यवसायीको पनि माग सम्बोधन गर्न सक्ने गरि व्यवस्था गर्न महानगरलाई आग्रह गर्नुभउको छ । महानगरको कार्यप्रति व्यवसाय बन्द गरेर सडकमा उत्रिएका स्थानीय विकल्प दिने बचनसँगै शान्त बनेका छन् ।

 

Europass CV in Nepal