मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सल्लाहकार मनोनयनबारे भीम रावलको प्रतिक्रिया : ‘टीके पद’ खान्‍न

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई नसोधि सल्लाहकारमा मनोनित गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरित हुन्छ ।’

नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ। सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न जनाउँदै आएका थिए। यसअघि पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।