सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा

सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले प्रधानमन्त्रीमा नेपाली कांग्रेसको दाबी स्वाभाविक भएको बताएकी छिन्।शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा कांग्रेसको दाबी रहनु स्वाभाविक भएको बताएकी हुन्। सरकारको नेतृत्व आलोपालाे गर्ने निर्णय भएको उल्लेख गर्दै उनले पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा भने सहमति जुटाउनुपर्ने बताइन्।

शर्माले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै पार्टी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरूले छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन्। ‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ । प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्ने कुरा हो । आलोपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा शीर्ष नेताहरू बसेर छलफल गर्नुभएको छ,’ उनले भनिन्, ‘कोबाट सुरुवात हुन्छ भन्ने कुरा सहमतिमा गर्नुपर्छ। को व्यक्ति हुन्छ भन्ने कुरा प्रधान होइन, गठबन्धनले के गर्छ भन्ने कुरा महत्वपूर्ण छ।’

नेतृ शर्माले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रतिक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रहसमेत गरिन्। लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषय तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको उनले जिकिर गरन्।

Europass CV in Nepal

Europass CV in Nepal