मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

निरन्तर सत्तामा रहँदा माओवादीको जनमत घट्यो: मातृका यादव

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निरन्तर सत्तामा रहेको कारण चुनावी परिणाममा असर परेको बताएका छन्।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टी निरन्तर सत्तामा रहेका कारण जनमत घटेको बताएका हुन्।

नेता यादवले गठबन्धनकोतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने स्थिति रहेको बताएका छन्।’अहिले पाँच दलीय गठबन्धनकै नेतृत्वमा सरकार बन्ने स्थिति छ। कसैको काँधमा पनि चढ्नुपर्दैन। ओलीको नेतृत्व रहेसम्म एमालेको सहयोग लिनुहुँदैन,’ उनले भने।

एमालेको अफर अवसरवादी रहेको यादवले बताएका छन्।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले हाल १७ सिट जितेको छ।

यसपटक माओवादी मधेस र सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन। पदाधिकारी बैठकमा माओवादी केन्द्रले चुनावी परिणामबारे पनि समीक्षा गर्दैछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।