को बन्ला अबको प्रधानमन्त्री ?

को बन्ला अबको प्रधानमन्त्री ?

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्नेबारे छलफल भइरहे पनि ‘प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति जुट्न सकिरहेको छैन ।

Europass CV in Nepal

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता ‘संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढे’पछि देउवा अप्ठयारोमा परेका हुन् । यद्यपि, देउवा पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुनेमा निधि ढुक्क रहेको दाबी गरिएको छ ।

कांग्रेसभित्र ‘प्रधानमन्त्री को हुने भन्ने रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले ‘प्रधानमन्त्री आफू हुने र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने भन्दै दबाब दिएका छन् ।

गठबन्धनभित्रबाट ‘कुन पार्टीका को प्रधानमन्त्री हुने भन्नेबारे टुंगो नलागिरहेको बेला एमालेसमेत प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटेको छ । एमाले नेतृत्वमा रहेको जसपा, राप्रपासहित माओवादी, जनमत तथा स्वतन्त्र सांसद सरकार बनाउने विषयमा आन्तरिक जोडघटाउमा लागेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माणका लागि गठबन्धन अगाडि कठिन भए पनि सत्तारूढ गठबन्धन विभाजन गरेर सरकार निर्माण गर्ने रणनीतिमा एमाले छ ।

Europass CV in Nepal