एमालेसँग मिलेर सरकार बनाउने विकल्पमा खुला छ : माओवादी

एमालेसँग मिलेर सरकार बनाउने विकल्पमा खुला छ : माओवादी

नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको स्पष्ट पारेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला रहेको बताइएको छ।

सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको बैठकपछि पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।

‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ सञ्चारकर्मीहरुसँग महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अप्सन पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोडने, तोडने निर्णय पनि गरिएको छैन।’

Europass CV in Nepal

माओवादीको पदाधिकारी बैठक सोमबार अपरान्ह २ बजे पनि बोलाइएको छ। उक्त बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देव गुरुङले बताए।

Europass CV in Nepal