मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यसपाली कसले पाउल गोल्डेन बुट ? यस्तो छ सर्वाधिक गोल गर्ने खेलाडीको सूची

Himali Patrika 1 मिनेट पढाइ

दोहा: कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा गोल्डेन बुटको दौड जारी छ। समूह चरणका खेल सकिँदा किलियान एम्बाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्डले तीन गोलसहित दौडको लिड गरिरहेका छन्।

जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर थिए। यसअघि नै १० गोल गरिसकेका मुलर यसपाली गोलविहीन रहँदै बाहिरिसकेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि बाहरिसकेका छन्। बाँकी खेलाडीले अझै खेल्न बाँकी छ।

हालसम्मका सर्वाधिक गोलकर्ताको सूची यस्तो छः
१. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल
२. किलियान एम्बाप्पे (फ्रान्स) ३ गोल
३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४. अल्भारो मोराटा (स्पेन) ३ गोल
५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल
६. फेरान टोरेस (स्पेन) २ गोल
७. मेहेदी तारेमी (इरान) २ गोल
८. ओलिभर जिरुड (फ्रान्स) २ गोल
९. रिचार्लिसन (ब्राजिल) २ गोल
१०. लियोनेल मेसी (अर्जेन्टिना) २ गोल

यसबाहेक १३ खेलाडीले दुई–दुई गोल गरेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।