गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु ‘प्लास्टिक’ सेनाद्वारा निष्क्रिय

गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु ‘प्लास्टिक’ सेनाद्वारा निष्क्रिय

काठमाडौं । एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु बम नभएको बताएको हो । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेकाे थियाे ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।

Europass CV in Nepal