मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सुकुमबासी व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयद्वारा समिति गठन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ । मन्त्रालयले आइतबार नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति पनि गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने,काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहनुभएको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी, सहायक नदी तथा उपसहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सम्वद्ध निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्री चौधरीले सरोकारवाला निकाय सम्वद्ध प्रतिनिधिसँग छलफल गरेपछि मन्त्रीको निर्देशनमा समिति गठन गरिएको हो ।

दुई दिनअघि मन्त्री चौधरी सुकुमबासीका लागि चंगुनारायणमा बनाइएको सरकारी भवन निरीक्षण गर्नुभएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।