संसारकै महँगो आलु, एक किलो किन्न ८० हजार रुपैयाँ

संसारकै महँगो आलु, एक किलो किन्न ८० हजार रुपैयाँ

तरकारीको राजा भनिने आलु सबैजसो आर्थिक हैसियत भएका मानिसले किनेर खानसक्ने खाद्यवस्तु हो । सिजनका बेला आलुको भाउ निक्कै घट्छ पनि । तर सर्वसुलभ पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोको मूल्य मात्रै ८० हजार रुपैयाँ पर्छ । संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे हो । यो आलु फ्रान्समा फलाइन्छ ।

फ्रान्सको इले डी नोइरमाउटिएर टापुमा फलाइने यो आलुको खेती गर्न एक विशेष खालको बलौटे माटोको प्रयोग हुन्छ । साथै आलुबारीमा सामुद्रिक झारलाई मलको रुपमा प्रयोग गरिन्छ । यो आलुको खेती केवल ५० वर्गमिटरको जमिनमा हुने गरेको छ ।

यतिधेरै महँगो यो आलु बजारमा वर्षको केवल १० दिन मात्र किन्न पाइन्छ । यो आलुलाई विशेषगरी सलाद तथा सुप बनाउन प्रयोग गरिन्छ भने विभिन्न खालका रोगमा घरेलु उपचारमा पनि प्रयोग हुन्छ ।

Europass CV in Nepal

कहाँ खेती गरिन्छ ?
ले बोनोटे नामक यो आलु फ्रान्सेली टापु  ले डे नूरमुटियरमा खेती गरिन्छ। बलौटे माटोमा यसको खेती गरिन्छ। समुद्री शैवालले यसको मलको रूपमा काम गर्दछ। ५० वर्ग मिटर जमिनमा मात्रै खेती हुने गरेको बताइएको छ ।

विश्वका पाँच महँगो तरकारीको सूचीमा परेको छ
पोटोटोरेभ्यु वेबसाइटका अनुसार यसको औसत मूल्य प्रतिकिलोग्राम ५०० यूरो अर्थात् करिब ४४२८२ रुपैयाँ प्रति किलोग्राम रहेको छ । यद्यपि यसको मूल्य लगातार ओरालो लागिरहेको छ ।ग्लोबल मिडिया कम्पनी कोन्डे नास्ट ट्राभलले यसलाई विश्वको पाँच महँगो तरकारीमा समावेश गरेको छ ।

आलु को दुर्लभ प्रजाति
यो आलु दुर्लभ प्रजातिको वर्गमा राखिएको छ। ले बोनोटे हरेक वर्ष १०  दिनको लागि मात्र पाइन्छ। यसको खेतीमा धेरै ध्यान दिनुपर्छ। ला बोनोट आलु रोपेको तीन महिना पछि, यो खनिन्छ। यो फेब्रुअरीमा रोपिन्छ र मेमा खनिन्छ। यो आलुलाई जमिनबाट हटाउन हल्का हातको प्रयोग गर्नुपर्छ, नत्र क्षति हुन सक्छ ।

 

Europass CV in Nepal