मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

महाकाली घटनाबारे रवि लामिछाने भने, अति भयो दिल्लीमा वस्ने कि दर्चुलामा भारतसंग बसौं

Himali Patrika 1 मिनेट पढाइ

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वक्तव्य जारी गर्दै दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेका क्रियाकलापबारे ध्यानाकर्षण गराएका छन्।

सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विभिन्न घटनामा सरकार निरिह देखिएको बताएका छन्। उनले नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका छन्।

नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुररौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।

दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ लामिछानेले लेखेका छन्।
लामिछानेको स्टाटस आएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गरेका छन्।

उनको विज्ञप्तिमा महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ- भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने,  ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दु:खद, अतिक्रमणकारी र भर्त्सनायोग्य छ। यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरू भत्काउन भारत सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशिघ्र कूटनीतिक पहल सुरू गरिहाल्न, घाइते तथा पीडितको औषधोपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौं।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।