मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

संसदीय दलको नेतामा आफुलाई सघाउन शशांक कोइरालासंग देउवाले राखे प्रस्ताव

Himali Patrika 1 मिनेट पढाइ

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्का आकांक्षी पूर्वमहामन्त्री शशांक कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता भएको छ । बधाई आदान–प्रदानको बहानामा मंगलबार उनीहरूबीच भेट भएको हो ।

डा. शेखर कोइरालासँग हामी पार्टीको महाधिवेशनमा सँगै उभियौँ । विचारका कारण सँगै उभियौँ, शैलीका कारण सँगै उभियौँ, उहाँले कांग्रेसलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौँ । हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छौँ, काम गर्छौँ । पार्टीभित्र पनि विधिको शासन कायम गर्न व्यापक सुधारका एजेन्डाहरू ल्याउँछौँ ।

देउवा भेट्न कोइराला प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार मंगलबार बिहान ११ बजे दुई नेताबीच भेट भएको हो । भेटमा निर्वाचनको समीक्षासँगै सरकार गठनलगायत विषयमा छलफल भएको देउवानिकट स्रोतले बतायो । भेटमा देउवाले आफूलाई संसदीय दलको नेतामा सघाउन आग्रह गरेका थिए । कोइरालाले सल्लाह गरेर निर्णय लिने जवाफ दिएका थिए ।

त्यस्तै, वरिष्ठ नेता पौडेलले नेता कोइरालालाई उनकै निवास महाराजगन्ज पुगेर भेटेका थिए । कोइराला र देउवाको भेटपछि कोइराला र पौडेलबीच भेट भएको हो । भेटमा बधाई साटासाट र समसामयिक विषयमा कुराकानी भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

त्यस्तै, संस्थापनइतर समूहबाट प्रधानमन्त्रीका आकांक्षी नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा विराटनगरमा एउटै मञ्चमा देखिए । नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रममा सहभागी उनीहरू काठमाडौं–विराटनगर आउजाउ एउटै विमानमा गरेका थिए । कार्यक्रममा बोल्दै दुवै नेताले एक भएर अगाडि बढ्नुपर्ने बताए । कोइरालाले कांग्रेसको साख र विचार जोगाउन तथा राजनीतिलाई सही बाटोमा लान युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए ।

एकढिक्का भई पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा कोइरालाको जोड थियो । ‘इतिहास रचेको कांग्रेसको साख र विचार जोगाउन तथा राजनीतिलाई सही बाटोमा लाने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ,’ उनको भनाइ थियो । कोइरालाले निर्वाचनमा कांग्रेसको सिट बढे पनि समानुपातिकमा मत घटेकोमा गम्भीर हुनुपर्ने बताए । यसका लागि स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, महामन्त्री थापाले कोइरालाकै नेतृत्वमा रहेर अघि बढ्ने बताए । निर्वाचनपछि पनि आफूहरूमा कुनै अविश्वास नरहेको उनले प्रस्ट्याएका थिए । ‘डा. शेखर कोइरालासँग हामी पार्टीको महाधिवेशनमा सँगै उभियौँ । विचारका कारण सँगै उभियौँ, शैलीका कारण सँगै उभियौँ, उहाँले कांग्रेसलाई नयाँ ढंगले हाँक्न सक्नुहुन्छ भन्ने कारणले उभियौँ,’ महामन्त्री थापाको भनाइ थियो, ‘हाम्रो विश्वास रत्तिभर पनि डगमगाएको छैन, हामी उहाँकै नेतृत्वमा, उहाँसँगै एकै ठाउँ रहेर सभापतिसँग कुराकानी गर्छौँ, काम गर्छौँ । पार्टीभित्र पनि विधिको शासन कायम गर्न व्यापक सुधारका एजेन्डाहरू ल्याउँछौँ ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।