मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
खेलकुद

मिडफिल्डर क्यामरुन विश्वकपमा अवसर पाएनन्, तर मेसीसँग जर्सी साटे

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अष्ट्रेलियाका मिडफिल्डर क्यामरुन डेभलिनले कतारमा जारी विश्वकपमा कुनै खेल खेल्ने अवसर पाएनन् ।र अन्ति १६ अन्तर्गत अर्जेन्टिनासँगको खेलपछि उनले अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँग जर्सी साट्दै ठूलो पुरस्कार पाए ।

स्कटिश शीर्ष लिगमा हर्ट मिडलोथिनका लागि खेल्ने डेभलिन विश्वकपका लागि अष्ट्रेलियन टिममा समावेश थिए । तर अष्ट्रेलियाले चार खेल खेल्दा उनले एक मिनेट पनि खेल्न पाएनन् । मेसीले आफ्नो एक हजारौँ खेलमा गोल गर्दा अष्ट्रेलिया अर्जेन्टिनासँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो ।

‘म (पिचमा) गएँ र पहिले सबै केटाहरूलाई सान्त्वना दिएँ र त्यसपछि मेस्सीसँग हात मिलाएँ’, डेभलिनले कतारबाट फर्केपछि सिड्नी एयरपोर्टमा पत्रकारहरूसँग भने, ‘कसैले केही भनेनन् त्यसैले मैले मेरो भाग्य परिक्षण गरेँ ।’

मैदानमा हात मिलाउने क्रममा मेसीलाई भित्र (चेन्जिङ रुममा) फेरि भेट्छु भनेको र भित्र गएर भेटेको र जर्सी साटेको उनले सुनाए । अनलाइनमा सार्वजनिक भिडियोमा मेसीले आफ्नो जर्सी डेभलिनलाई दिएका छन् ।

‘म सुरुमा हाम्रो अरु साथीले त्यो अवसर पाओस् भन्ने चाहन्थेँ, तर कसैले लिएनन् त्यसैले मैले सोचे किन नलिने ?’ २४ वर्षीय डेभलिनले भने, ‘मलाई थाहा छैन मेरो जर्सी उनको घरको भित्तामा हुनेछ वा चेन्जिङ रुममै हुनेछ यसमा मलाई कुनै चिन्ता छैन । यो भन्दा बढि छ कि मैले उसको जर्सी पाएको छु … म छक्क परेँ उनले मेरो पनि जर्सी लिए ।’

डेभलिनले थपे, ‘उनले पक्कै म को हो भनेर चिनेनन्, तर उनी धेरै राम्रा छन् ।’ डेभलिनले मेसीको जर्सी घरमा राख्ने र त्यसलाई आफ्ना बुबाले यसलाई हेरिरहेने बताए । भने, ‘मलाई लाग्दैन कि उहाँले अब मलाई यो जर्सी छुन दिनेछन् ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।