कुखुराको मासुबाट बनेको यो परिकारले भारत र पाकिस्तान दुबैलाई एकैठाउँमा ल्याईदियो

कुखुराको मासुबाट बनेको यो परिकारले भारत र पाकिस्तान दुबैलाई एकैठाउँमा ल्याईदियो

कुखुराको मासुबाट तयार पारिने यो परिकार अहिले भारत र पाकिस्तानमा चर्चाको शिखरमा छ।हालसालै ब्रिटेनको एक च्यानल ‘टेस्टी यूके’ ले चिकेन कोरमालाई बिर्यानी, चिकेन टिक्का जस्ता दक्षिण एसियाली रेसिपीसँग जोडेको भिडिओ सामाजिक सञ्जालमा राखेको थियो।

उक्त भिडिओलाई लिएर भारत र पाकिस्तानका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने निकै आक्रोशित छन्।भारत र पाकिस्तान दुबैमा केही यस्ता खाना पकाउने विधि (रेसिपी) छन् जसलाई तिनमा प्रयोग गरिएका सामग्रीहरूले विशेष बनाउँछ।

‘टेस्टी यूके’को चिकेन कोरमामा के छ?

Europass CV in Nepal

डिसेम्बर तीन तारिखमा ‘टेस्टी यूके’ले आफ्नो ट्विटर खातामा ‘वान पट चिकेन कोरमा’ लेखेर उक्त परिकार तयार पार्ने तरिका रहेको भिडियो सार्वजनिक गर्‍यो।उक्त भिडिओको सुरुमा कराइमा तेलका केही थोपा खन्याएपछि काटिएको प्याज, लसुन र ल्वाँग थपिएको देखाइएको छ।

त्यसपछि चिकेन ब्रेस्टका केही टुक्राहरू राखिएको छ र पछि मसिनो गरी काटिएका टमाटर। त्यसपछि दुई चम्चा कोरमा पेस्ट र दुई सय ग्राम बासमती चामल।यसपछि त्यसमा ‘एक क्युब चिकेन स्टक’, दुई गिलास पानी र ७५ ग्राम किसमिस मिसाएर पानी नसुक्दासम्म एल्युमिनियम फोइलले छोपिन्छ। पछि पानी थपिन्छ।

यसलाई अर्को १० मिनेट पकाए पछि ५० ग्राम साग र केही दही थपिएको थियो। अन्तमा कोरमामा हरियो धनियाँ राखेर खानका लागि तयार बनाइयो।”यो कोरमा ‘अपराध’ हो” चिकेन कोरमाको यो भिडियो लाखौँले हेरेका छन्। त्यसमध्ये धेरैले यसलाई मन पराएका छैनन् र प्रश्न पनि उठाएका छन् ।

यसमा साग र चामल हाल्नु अनावश्यक रहेको र यो परम्परागत रूपमा बनाइने कोरमा नरहेको भन्दै धेरैले आपत्ति जनाएका छन्।उक्त भिडिओमा तयार पारिएको कोरमा लगभग सुक्खा देखिएको छ जबकि यो प्राय: झोलिलो हुन्छ र भात वा रोटीसँग खाइन्छ।

‘यो कोरमाको मजाक हो’

दक्षिण एसियामा प्रायजसो चिकेन कोरमा भातसँग खाइन्छ। ‘टेस्टी युके’ले पकाइएको कोरमामा नपाकेको चामल कसरी थप्यो भन्ने कुरामा मानिसहरूले आश्चर्य व्यक्त गरेका छन्।सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ता अभिजीत मुखर्जीले भने, “यो कोरमाको मजाक हो। यो विषयमा तपाईँले भारत र पाकिस्तानलाई एक बनाइदिनु भयो।”
अरिहा फातिमाले लेखेकी छन्, ” कोरमा बनाउने एक प्रसिद्ध व्यक्तिका रूपमा म यसलाई निन्दा गर्छु। यो भिडिओमा व्यापक रिपोर्टिङ हुन जरुरी छ।”

त्यस्तै राणा नाम गरेका अर्का प्रयोगकर्ता लेख्छन्, “यो कोरमा भन्दा पनि देवानी हाँडीको रेसिपी जस्तो देखिन्छ। तपाईँले सयौँ वर्षसम्म हामीमाथि शासन गर्नुभयो र यसलाई चिकेन कोरमा भनिरहनुभएको छ? कृपया गलत सूचना नफैलाउनुहोस्।”एक प्रयोगकर्ता रकिन खानले यस्तो पनि लेखे, “यदि मैले मेरी आमालाई यो कोरमा देखाइदिएँ भने, उहाँलाई हृदयाघात हुनेछ।”

टर्की, इरान र अजरबैजानमा पनि कोरमा नामको परिकार छ जसमा भुटेको मासु र तरकारी थपिन्छन्।यद्यपि भारत र पाकिस्तानमा यो परिकारमा विभिन्न सामग्रीहरू थपिन्छन् र पकाउने तरिका पनि अलि फरक छ।मुगलहरू फारसी परिकारबाट प्रेरित रहेको मानिछ।

उनीहरूले प्याज, टमाटर अनि दही मिसाएर मासु पकाउँथे जसमा निकै धेरै मसाला हुन्थ्यो र यो परिकार अझै पनि भारत अनि पाकिस्तानमा प्रसिद्ध छ। परम्परागत रूपमा कोरमा तेलमा नभएर घ्यू पकाइन्छ। तर यदि तपाईँले यसको परम्परागत शैली परिवर्तन गर्नुभयो भने, आलोचनाको लागि पनि तयार हुनुहोस्!

 

Europass CV in Nepal