मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सर्वोच्च फर्किने तयारीमा रहेका चोलेन्द्रलाई सरकारले सर्वोच्च छिर्न नदिन निर्देशन दियो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडाैँ । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जानु भएन । संसद सचिवालयलेसंसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा हुनुहुन्थ्यो ।

बारका पदाधिकारी जबरालाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे । संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले जबरालाई सर्वोच्च छिर्न नदिन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो । सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण जबरा सर्वोच्च फर्किन सक्नुभएन । उहाँले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएसँगै सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

भोली सार्वजनिक बिदा भएकाले आजै सर्वोच्च पुगेर हाजिर गर्ने तयारी गरेपनि कार्यालय समयसम्म उहाँ सर्वोच्च पुग्नुभएन ।
यसअघि गत असोजमा संसदको पाँच वर्षे कार्यकाल सकिँदा पनि चोलेन्द्रले सर्वोच्च फर्किने प्रयास गर्नुभएको थियो । तर उहाँलाई बालुवाटारस्थित निवासमै सुरक्षाकर्मी परिचालन गरेर त्यसबेला पनि रोकिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।