मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

धुवाँ निकालेर प्रदूषण गर्ने सवारी साधनलाई १ लाखसम्म जरिवाना लगाइने

Himali Patrika 1 मिनेट पढाइ

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सवारी साधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको बताएको छ।हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागको भनाइ छ।

वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ। साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको विभाग बताउँछ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन भइरहेका सवारी साधनमध्ये धेरैमा धुवाँ निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएको विभागले बताएको छ। सवारी साधन परीक्षण गर्न पनि विभागले आग्रह गरेको छ। छड्के रूपमा सवारी साधनको धुवाँ निस्कासनको अवस्था परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएको विभागको भनाइ छ।

सवारी साधनलाई मर्मत गरी दुरूस्त राख्न पनि विभागले भनेको छ। पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रूपैयाँसम्म जरिवाना हुने विभागले चेतावनी दिएको छ। जुनसुकै बेला वातावरण विभागबाट सवारी साधनमा छड्के जाँच हुन सक्ने विभागले बताएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।