मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 14 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ।  साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुगेका छन् ।

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो ।

त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।