मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

वर्षमान पुन चीनमा, अस्पतालको क्वारेन्टिनमा राखेर उपचार गरिँदै

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को चीनमा क्वारेन्टिनमा उपचार सुरू गरिएको छ।पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरू भएको हो।

चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरूको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्। नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।