मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्ड निवासमा समानुपातिक सूचीमा रहेकाहरूको घुइँचो, सबैको सांसद बनाइदिन माग

Himali Patrika 1 मिनेट पढाइ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा समानुपातिक सूचीमा रहेकाहरूको घुइँचो लाग्न थालेको छ।समानुपातिक सूचीमा रहेकाहरू हरेक दिन आफूलाई राख्न दबाब दिदै प्रचण्ड निवासमा आउने गरेका छन्।

समानुपातिक सूचीमा रहेकाहरूलाई भेट्दा प्रचण्डको दैनिकी नै अस्तव्यस्त बनेको स्रोतले बतायो।’पार्टीले समानुपातिकतर्फ १४ जना मात्रै पठाउन सक्छ ।तर यहाँ सयौं नम्बरमा रहेकाहरू समेत मलाई सांसद बनाइदिन पर्‍यो भन्दै आएका छन्,’ स्रोतले भन्यो,’आयोगको सूचीमा भएको क्रम अनुसार हुन्छ भन्दापनि कुनै उपायबाट बन्नपर्‍यो भन्छन्। आफ्ना क्षेत्रमा अन्तरघात गर्नेहरूसमेत खुमलटार आउँछन्।’

माओवादी केन्द्रले समानुपातिकतर्फ पाएका १४ सिटमध्ये ११ जना महिला पठाउनु पर्नेछ। अहिले राष्ट्रिय सभामा माओवादीका १४ जना सांसद छन्। तीमध्ये ३ जना महिला छन्।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रबाट १८ जना निर्वाचित हुँदा दाङ २ बाट रेखा शर्मा निर्वाचित भएकी छन्। यसरी अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा माओवादी केन्द्रका ४ जना महिला सांसद हुने भएका छन्। सबै सिट गरेर संघीय संसदमा ४६ सिट पाउने माओवादीले ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनु पर्ने देखिएको हो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।