मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हिमाञ्चदल प्रदेशमा कांग्रेस अगाडि, भाजपा पछिपछि

Himali Patrika 1 मिनेट पढाइ

२२ मंसिर, काठमाडौं । भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिएको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी(बीजेपी)ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ ।

राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो ।पछिल्लो मतगणना अनुसार भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब २४ हजार मतका साथ अग्रस्थानमा रहेका छन् । उनले ३३ हजार २५६ मत पाउँदा कांग्रेसका उम्मेदवार चेतरामले ८ जार ९५६ मतले मात्र मत ल्याएका छन् ।

यस्तै सिमला ग्रामीणबाट काङ्ग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल १३ हजार ३१९ मतका साथ अगाडि रहेका छन् । pविक्रमादित्यले ३२ हजार ९७३ मत पाउँदा विजेपीका रवी कुमार मेहताले १९ हजार ६५४ मत ल्‍याएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमाञ्चल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् । यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।