मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जे भयो गजव भयो : लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

समानुपातिक सांसद छनौटका विषयमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद छ। पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् ।

पार्टी सभापति लामिछानेले भने विवादलाई ‘गज्जब भएको’ प्रतिक्रिया दिएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए ।

‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन’ उनले भने–‘कोही आत्तिनुपर्ने पनि छैन ।’ लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको बताए । विवादित नागरिक्ताको विाष्मयमा भने उनले राज्यले गर्ने छानबिनमा सघाउने बताए ।‘अनुसन्धानमा बोलाउँदा जाने हो, जानकारी गराउने हो,’ उनले भने, ‘निर्वाचन आयोगले विजयी घोषणा गरिसक्यो, प्रमाणपत्र दिइसक्यो ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।