काठमाण्डाै । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बाहिरी शक्तिले आफ्नो टिमकाे विश्व कप आशालाई ताेड्ने प्रयास गरिरहेका आराेप लगाएका छन् । पोर्चुगलकाे अखबार रेकर्डले राेनाल्डोले विश्व कपकाे अन्तिम १६ मा स्विट्जरल्यान्डसँगकाे खेलमा आफूलाई सुरुदेखि नखेलाए टिम छाड्ने धम्की दिएका दाबी गरेको थियो ।
स्विट्जरल्यान्डसँगको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएपछि धेरैले आ–आफ्नै हिसाबले व्याख्या गर्ने क्रम सुरु भएपछि ३७ वर्षीय फरवार्डले आज बिहीवार सामाजिक सञ्जालमार्फत एक बहादुर देश कुनै पनि प्रतिद्वन्द्वीबाट डराउन नसक्ने बताएका हुन् ।
रोनाल्डोले पोर्चुगल सपनाका लागि अन्त्यसम्म लड्ने बताउँदै आफूहरूलाई विश्वास गर्न पनि आग्रह गरेका छन् ।
यसैबीच पोर्चुगिज फुटबल सङ्घ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोले विश्व कप छोड्ने धम्की दिएका भन्ने कुराको अस्वीकार गरेको छ । रोनाल्डोले कतारमा रहँदा राष्ट्रिय टोली छोड्ने धम्की नदिएका एफपीएफले भनेको छ । पोर्चुगलले विश्व कपको क्वाटर फाइनलमा शनिवार राति मोरक्कोसँग खेल्दैछ ।
Um grupo demasiado unido para ser quebrado por forças externas. Uma nação demasiado corajosa para se deixar atemorizar perante qualquer adversário. Uma equipa no verdadeiro sentido da palavra, que vai lutar pelo sonho até ao fim! Acreditem connosco! Força, Portugal!🇵🇹🙏🏽 pic.twitter.com/gUeENXSB5F
— Cristiano Ronaldo (@Cristiano) December 8, 2022