मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

विश्वकपपछि कतारमा नेपालीका लागि अझै उच्च अवसरको सम्भावना छ : नेपाली राजदूत

Himali Patrika 1 मिनेट पढाइ

दोहा। कतारमा नेपालीको लागि अझै उच्च अवसरको सम्भावना रहेको दोहास्थित नेपाली राजदूत नरेश विक्रम ढकालले बताएका छन्। विश्वकपपछि पनि कतारमा नेपालीलाई रोजगारीका प्रशस्त सम्भावना रहेको उनको भनाइ छ। विश्वकपछि नेपालीको रोजगारी गुम्छ भन्ने कुरामा कुनै सत्यता नभएको उनले दाबी गरे।

कतार सरकारले छिट्टै नयाँ १५ वटा परियोजना सुरु गर्न गइरहेको जानकारी दिंदै उनले उच्च तहका नेपाली कामदारको लागि अझै अवसर सृजना हुने बताए।राजदूत ढकालका अनुसार कतारमा सामान्य काम गर्ने नेपाली श्रमिक मात्रै छैनन्। अहिले ४ हजारभन्दा बढी नेपाली इन्जिनियरले कतारमा काम गरिरहेको उनले बताए।त्यस्तै, डाक्टर, प्रोफेसर, नर्स र नीजि कम्पनीको उच्च तहमा समेत नेपालीले रोजगारी गरिरहेको उनको भनाइ छ।

कतारी रोजगारदाताले अन्य मुलुकका श्रमिकको तुलनामा नेपाली श्रमिकलाई प्राथमिकता दिने गरेको आफूले पाएको राजदूत ढकालले बताए।‘नेपाली कामदारबाट गल्ती भयो भने सामान्य सोधपुछमा छोडने रहेछन्। जबकी अन्य मुलुकका कामदारलाई अलि बढी सोधपुछ गर्ने रहेछन्। यसर्थ नेपाली कामदारलाई अलि बढी विश्वास गरेको पाएँ,’ उनले प्रवास खबरसँग भने।

त्यस्तै, अहिले कतारको कानुन पनि श्रमिकमैत्री भएको उनले बताए।यस्तै, पछिल्लो समय कतारमा हजारौं नेपाली श्रमिकको मृत्यू भएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट बाहिर आएका समाचारमा सत्यता नभएको दाबी समेत उनले गरे।

उनकाअनुसार कतारमा कार्यरत नेपाली श्रमिकको मृत्युदर सामान्य छ। ‘शारीरिक असक्षमता र प्राविधिक ज्ञानको कमीलगायतका कारणले कुनै पनि स्थानमा कामदार दुर्घटनाको शिकार हुन्छन्। यसलाई स्वभाविक लिनु पर्छ,´ उनले भने। बाहिर हल्ला फिजाइए जस्तो अवस्था कतारमा नरहेको दाबी उनले गरे।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।