जिल्लामा आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश मै सबै भन्दा ठूलो राशीको भलीबल प्रतियोगिता दाङमा सुरु हुन लागेको हो ।
भलिबल प्रतियोगितामा प्रथम हुने टीमले २ लाख २५ हजार रुपैयाँको प्राप्त गर्न भएको छ । दोस्रो हुने टिमले १ लाख १२ हजार ५ सय, तेस्रो हुने टिमले ५६ हजार २ सय ५० रुपैयाँ र चौथो हुने टिमले १३ हजार ५ रुपैयाँ प्राप्त गर्ने भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले बताए ।
दाङका दशवटै पालिकाको सहभागीता रहने यस प्रतियोगिता नेपाली काँग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । यसैबीच प्रतियोगिता आयोजक मुल समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ ।
जसअनुसार खेमराज विकको संयोजकत्वमा शुसिला गुरुङ सदस्य रहेको खेल मैदान तथा मञ्च व्यवस्थापन उप समिति, तिलक रावतको संयोजकत्वमा दिनेश वली, विक्रम शम्शेर महरा, गोमा गुरुङ र दुर्लभ केसी सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, विकास बिसीको संयोजकत्वमा बिर्जा चौधरी र लिला खनाल सदस्य रहेको टिम दर्ता तथा प्रशासनिक कार्य व्यवस्थापन समिति, गदुलाल चौधरीको संयोजकत्वमा तिलक रावत र रेखबहादुर रावत सदस्य रहेको पुरस्कार व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै मुल समितिको बैठकले केदारराज श्रेष्ठ संंयोजक र शिब श्रेष्ठ र दिपक पुन सदस्य रहेको प्राविधिक व्यवस्थापन समिति र सन्तोष सुवेदीको संयोजकत्वमा सूचना, सञ्चार तथा समन्वय समिति गठन गरेको छ । बैठकले जिल्ला भरका भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन सम्बन्धीत क्षेत्रको पालिकामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश मै सबै भन्दा ठूलो राशीको भलिबल प्रतियोगीता दाङमा सुरु हुन लागेकाले यसको तयारीमा लाग्न पालिकाहरुलाई पनि बैठकले अनुरोध गरेको छ । बैठक मुल समितिका संयोजक राजु आचार्यको अध्यक्षता एवं नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा बसेको थियो ।