गिनिज बुकमा नाम लेखिदिए हुन्छ, ओली गफाडी नम्बर एक : माधव नेपाल

गिनिज बुकमा नाम लेखिदिए हुन्छ, ओली गफाडी नम्बर एक : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार लामो समयसम्म रहने बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘स्थानीय तहको चुनावसम्म नै गठबन्धन नटुट्ने गरि छलफल अघि बढिरहेको छ । गठबन्धनको सरकार लामो समयसम्म रहन्छ ।’ उनले ओलीको नारा वामपन्थ होइन रामपन्थ भएको भन्दै संसदीय परम्पार मिचेको आरोप लगाए।

उनले भने, ‘केपी ओलीको भूमिका प्रतिगमनकारी हो । उनले संसदीय परम्परा मिचे । केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो । उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् । उनले ओलीलाई गफाडीको संज्ञा समेत दिए। उनले भने,’ गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ।’

Europass CV in Nepal

Europass CV in Nepal