एमसीसीमा साझा धारणा बनाऔं, नभए गठबन्धन भत्काउने खेल शुरु हुन्छ : बाबुराम भट्टराई

एमसीसीमा साझा धारणा बनाऔं, नभए गठबन्धन भत्काउने खेल शुरु हुन्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।

‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ । यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने । यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

Europass CV in Nepal

लोसपा एमसीसीको पक्षमा उभिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र भोलि बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए ।

हिजोको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफिङ्ग गरेका थिए । सत्ता पक्षमै पनि एमससीको विषयमा स्पष्ट नरहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । बैठकमा संसदीय दलको नेताको विषयमा छलफल हुने भनिए पनि एजेण्डा नै नबनेपछि त्यसमा छलफल नभएको नेता कर्णले बताए ।

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि मंगलबार बस्दैछ। भोलिको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

यही अधिवेशनमा एमसीसी अघि बढाउने तयारी सरकारको छ। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठकहरु अवरुद्ध बनाएजस्तै दशौं अधिवेशनका बैठकहरु पनि चल्न नदिने रणनीतिमा छ। मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरुले नाराबाजी गरेर बैठक अवरुद्ध गरे।

Europass CV in Nepal