कहाँ गयो बैंकको पैसा ?

कहाँ गयो बैंकको पैसा ?

५ पुस, काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाहरु लगानी योग्य रकम (तरलता) अभावको समस्या झेलिरहेका छन् । कर्जाको माग लगातार बढिरहेको भएपनि चाहे जति कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ४५ खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । पछिल्लो चार महिनामामात्रै ३ सय अर्बभन्दा बढी रकम कर्जा प्रवाह भएको छ । यतिधेरै कर्जा लगानी भएको रकम गयो कहाँ ? कसरी बजारमा तरलताको समस्या देखियो ? यसको सामान्य जवाफ हो– कर्जा लगानी धेरै भयो तर निक्षेप आएन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले बजारमा तरलता अभाव हुनुको कारण कोरोना महामारीको उत्थानलाई मान्छन् । ‘कोभिड पछि अर्थतन्त्र पुनरुत्थानले गति लिदा यो समस्या देखियो’ उनले सार्वजनिक फोरमहरुमा भन्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गरेको रिण प्रवाह उत्पादनमूलक क्षेत्रमा नभई उपभोग्य वस्तुहरुमा गएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार एक वर्षमा उपभोग्य शिर्षकमा जाने कर्जा वृद्धि ४७ दशमलव ३७ प्रतिशतले भएको छ ।

Europass CV in Nepal

नियमन विभागको तथ्यांकअनुसार २०७७ असारमा यो शिर्षकमा जाने कर्जा १५८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । २०७८ असारमा बढेर यो बढेर २३३ अर्ब ७६ करोड ७० लाख रुपैयाँ पुग्यो । बढ्ने क्रम गत असार यता पनि लगातार देखिएको छ ।

असोज मसान्तमा उपभोग्य शिर्षकमा ६३६ अर्ब ४१ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । असोज महिनाको तुलनामा फेरि करिब १५ प्रतिशतले बढेर कात्तिक मसान्तसम्म ७३० अर्ब ६६ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा उपभोग्य कर्जामा उल्लेखीय वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने यस्ता कर्जा लगानी सबभन्दा धेरै वृद्धि हुँदा समग्र कर्जा लगानी नै वृद्धि भएको छ ।

पछिल्लो समय बैंकहरु कर्जा लगानीमा आक्रामक छन् । तर निक्षेप संकलनमा भने कमजोर देखिदा बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गत आर्थिक वर्षको अन्तिम महिनादेखि नै कर्जाको माग बढेको बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि नै कर्जा लगानी बढेको र भदौं र असोजमा अझ धेरै कर्जा लगानी भएको उनले बताए ।

अहिले पनि बैंकहरुको कर्जा लगानी बढ्ने क्रममै छ । राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ३०० अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४१ खर्ब ७२ अर्ब ७४ करोड ७० लाख रुपैयाँ लगानी भएकोमा कात्तिक मसान्तसम्म बढेर ७३० अर्ब ६६ करोड ९० लाख रुपैयाँ भन्दा धेरै भएको छ ।

Europass CV in Nepal