कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको अकस्मात् मृत्यु

कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको अकस्मात् मृत्यु

कतारमा भइरहेको फूटबल विश्वकप कभर गर्न गएका अर्का एक पत्रकारको अकस्मात् मृत्यु भएको छ ।अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको ४८ घन्टापछि कतारी फोटो पत्रकार खालिद अल–मिसलामको देहान्त भएको हो ।

अल कास टीभीमा काम गर्ने खालिदको के कारणले मृत्यु भएको भनी खुलेको छैन ।वाहल चाहिँ क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल कभर गर्दै गर्दा हृदयघात भएर बितेका थिए ।

Europass CV in Nepal

खेल एक्स्ट्रा टाइममा जाँदा आफ्नो सीटमा ढलेका वाहललाई स्वास्थ्य उपचार गराउनका लागि अन्य पत्रकारले सहयोग मागेका थिए ।वाहलले आठौंपटक विश्वकप कभर गरिरहेका थिए । उनले समलिंगीहरूको समर्थनका लागि इन्द्रेणी रंगको टीशर्ट लगाउँदा उनलाई रंगशालामा पस्न दिइएको थिएन ।

उनका भाइ एरिकले आफू समलिंगी भएको भन्दै उनले ग्रान्टलाई इन्द्रेणी रंगको टीशर्ट लगाएकोमा धेरै धाकधम्की आएको खुलासा गरे । स्वस्थ रहेका दाइले ज्यान मार्ने धम्की पाएको र उनको मृत्यु नभई हत्या गरिएको एरिकले दाबी गरे । ग्रान्टको शव सोमवार अमेरिका लगिँदैछ ।