माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भने ।

सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गरेका हुन् ।

Europass CV in Nepal

एमसीसी सहज वातावरणमा अघि बढाउन चाहन्छौं : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सहज वातावरणमा अघि बढाउन चाहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमसीसीसँग जोडिएकाहरुले हामीलाई बुझाउने कोसिस गरिरहेका छन् । हामी संवादमा रहेका छौं । यसलाई राम्रो वातावरणमा र सहज वातावरणमा हामी अघि बढाउन चाहन्छौं । विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, सेनासँग वा नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् ।’

उनले एमसीसीबारे छलफल भइरहेको बताए। उनले भने, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौं । छलफल चलाएर त्यसको अन्र्तवस्तु के छ ? कहिँ त्रुटी कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, कमिटमेन्ट दिनुपर्ने कुरा छ भने, ती के के हुन् भन्ने बारेमा पनि छलफल गरिरहेका छौं।’ तीनजनाको कमिटी बनाइएको छ। यो कमिटीले पनि अध्ययन गरेर निष्कर्ष अगाडि सार्नेछ।’

यी सबै कुरा गरेर नेपाललाई कुनैपनि किसीमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरामा स्वीकार्दैनौं, ‘नेपालले भने, ‘एमसीसीको विषयमा पाँच दलको विषयमा छलफल गर्दैछौं । साझा निष्कर्ष निकालेर देशको हितकै पक्षमा हुनेगरी अगाडि बढ्नेछौं ।’

Europass CV in Nepal