मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 28 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाइजोको निहुँमा श्रीमती कुटपिट गर्ने डाक्टर चौधरी पक्राउ

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। दाइजोकै निहुँमा श्रीमतीलाई कुटपिट गरी घरबाट निकाला गरेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का अन्दाजी ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

मंगलबार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताए । मंगलवार दिउँसो डा. पंकजको घरमा बस्न उनकी श्रीमती नेहा पुगेकी थिइन् ।

तर घरमा पस्न नदिएपछि नेहा गेट अगाडी धर्ना बसिन् । त्यसपछि प्रहरीले उनका श्रीमान् डा. पंकजलाई पक्राउ गरेको बुझिएको छ । अहिले डा. पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ । नेहाले भने आफूलाई कुटपिट गरी घर निकाला सासू र ससुराको पनि संलग्नता रहेकाले उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।

डा. पंकज पक्राउ परेपछि उनका परिवारका सबै फरार भएका छन् । अहिले घरको गेटमा ताला झुण्डिएको छ । एसपी पंगेनीले कानून बमोजिम पक्राउ गर्नुपर्ने सबैलाई गर्ने बताए । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा। पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।