बलिउड अभिनेता विवेक ओबरायले गरे प्रचण्डसंग भेट

बलिउड अभिनेता विवेक ओबरायले गरे प्रचण्डसंग भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । उनीहरुबीचको भेटको तस्वीर प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा नेपाली ढाकाटोपीमा सजिएका देखिन्छन् ।

चन्द्रगिरिमा भ्रमण 

भारतका चर्चित अभिनेता विवेक ओवरोयले बिहीबार चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन्।पारिवारिक भ्रमणमा नेपाल आएका ओवरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरी हिल्स रिसोर्टमा लन्च गर्दै मनोरम दृष्यहरूको पनि अवलोकान गरे।

Europass CV in Nepal

अभिनेता ओवरोयलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्सका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए।ओवरोयले चन्द्रागिरी भ्रमण बारे प्रतिक्रिया दिँदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरी रहेको बताए।

साथै उनले चन्द्रागिरी हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए। ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ।