दोहा । मोरोक्को कतार विश्वकप २०२२ को ‘सप्राइज प्याकेज’ हो भन्नेमा कसैको दुई मत नहोला ।युरोपका उत्कृष्ट मानिएका बेल्जियम र क्रोएसियालाई पछि पार्दै समूह ‘एफ’को विजेता होला भनेर कमैले मात्र अनुमान गरेका थिए ।
सबैलाई आश्चर्यमा पार्दै अघि बढेको मोरोक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा परा जित गरेको थियो ।क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरोक्को सेमिफाइनलमा साबिकको विजेता फ्रान्ससँग पराजित भएको थियो ।
मोरोक्को ऐतिहासिक सफलतामा महतत्वपूर्ण भुमिका निवार्ह गरेका तीन खेलाडी सबैको नजरमा परेका छन ।मोरोक्को सफलतमा सबभैन्दा ठुलो भुमिका गोलकिपर युसुफ बोनोउको छ ।विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदा दुई प्रहार रोकेका थिए ।
सेभियाबाट व्यवसायिक फुटबल खेल्ने बोनोउले स्पेनिस लाग लिगामा पनि आफुलाई स्थापित गराइसकेका छन ।पछिल्लो समय बिहिरिएका खबर अनुसार ३१ वर्षिय बोनोउ अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड,रियाल मड्रिड जस्ता क्लबले इच्छा देखाएका छन ।
विश्वकपमा मोरोक्का लागि उत्कृष्ट प्रदर्शन अर्का खेलाडी हुन सोफयान अमराबत ।अमराबत प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी मध्ये एक हुन । २६ वर्षिय मिडफिल्डर अमराबत हाल इटालियन सिरी ए को क्लब फियोरेन्टिनाबाट व्यवसायिक फुटबल खेल्छन ।
युरोपियन फुटबलमा स्थापित भइसकेका अमराबत टोटेनहम,लिभरपुल,म्यानचेस्टर युनाइटेड जस्ता क्लबको नजरमा परेका छन ।विंगर जियजले युरोपमा आफुलाई स्थापित गराइसकेका छन । हाल युरोपकै उत्कृष्ट मानिने इङ्लिस क्लब चेल्समा रहेका जियचको चर्चा विश्वकप पछि झनै चुलिएको छ । बल नियन्त्रणमा राम्रो देखिएका २९ वर्षिय जियचवाट प्रभावित भएर एसी मिलानले चासो देखाएको छ ।