मुख्य सामग्रीमा जानुहोस्
Thursday, 10 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

एसपी राजु पाण्डेले अत्याचार साहना नसकेको भन्दै सई लोकनाथ चुडालले दिए राजिनामा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले अत्याचार गरेको भन्दै सई लोकनाथ चुडालले नगर प्रहरीको पदबाट राजिनामा दिएको बताएका छन्। सेतोपाटीडटकमले सार्वजनिक गरेको भिडियोका अनुसार  प्रहरी प्रमुख राजुपाण्डेको अत्याचार सहन नसकी आफुले राजिनामा दिएको बताएका छन्।

चुडालका अनुसार गत भदौयता महानगर प्रहरीको नेतृत्व सम्हालेका राजु पाण्डे तलका कर्मचारीको मर्कालाई बुझ्दैनन्। कुनै कर्मचारी समस्या लिएर पाण्डेकोमा पुग्दा उनी कर्मचारीको मर्कालाई बुझ्ने त परको कुरा, उल्टै ती कर्मचारीलाई धम्की दिने उनी बताउँछन्।

‘कुनै कर्मचारीले पाँच मिनेट आराम गर्दा पनि त्यसलाई लात्तले हान्, त्यहीँ घोप्टो भनेर एसपी सा’बले सेटमै भन्नुहुन्छ। अनि मैले जुनियर स्टाफलाई कुट्दै ल्याउने हो?,’ चुडालले भने।

उनले आफ्नो २९ वर्षको सेवामा पहिलो पटक नेतृत्वबाट यस्तो व्यवहार भोगेको बताए। सामान्य मानवीय कुरालाई पनि नेतृत्वले बुझ्ने नगरेको उनको भनाइ छ। ‘एकजना इन्स्पेक्टर सा’ब हड्डीको समस्याले गर्दा दुईटै खुट्टा टेक्न सक्नुहुन्न। अनि नेतृत्वले उहाँलाई ‘तँ सक्दैनस् भने राजीनामा दे’ भनेर भन्न मिल्छ?,’ उनले आक्रोश पोखे।

उनले एसपी पाण्डेले सुरूदेखि नै कर्मचारीमाथि रूखो व्यवहार गर्ने, गालीगलौज गर्ने गरेको बताए। उनले कामलाई लिएर पनि पाण्डेले कर्मचारीहरूमाथि शोषण गरेको जनाए। अहिले कर्मचारीहरू दिनमा १५ घन्टा खट्दा पनि नेतृत्वबाट जस नपाएको र उल्टै नेतृत्वले गर्ने व्यवहारले आत्मसम्मानमा चोट पुग्ने गरेको बताए।

चुडाल भन्छन्, ‘दिनमा १५ घन्टा खटिरहेका छौं। मान्छेलाई तीन-चार घन्टा त आराम चाहिन्छ नि। पन्ध्र घन्टा बुट लगाएर उभिन त गाह्रो हुन्छ नि। नभए कसैले बसेर हेर्दा हुन्छ। एकदिन र एकछिनको कुरा हैन नि।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।