मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

माधव नेपाललाई भेट्न अस्पतालमै पुगे प्रचण्ड-देउवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएपछि सत्ता गठबन्धनका अर्का नेता प्रचण्डसहित नेपाललाई भेट्न अस्पताल पुगेका हुन्।अस्पताल पुगेका देउवा र प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए।

छात्तिमा संक्रमण देखिएपछि नेपाल नेपाल मंगलबार अस्पताल भर्ना भएका हुन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। छात्ति रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोलीले नेपालको उपचार गरिरहेको छ। उपचारका क्रममा भेटघाट बन्द गरिएको थियो। नेपालको स्वास्थ्यमा केही सुधार आएसँगै गठबन्धनका दुई शीर्ष नेता उनलाई भेट्न पुगेका हुन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।