नेपालमा उत्पादन घट्न थालेपछि भारतबाट आयात हुन थाल्यो विद्युत

नेपालमा उत्पादन घट्न थालेपछि भारतबाट आयात हुन थाल्यो विद्युत

हिउँद लागेसँगै नेपालबाट भारतमा बिजुली निर्यात गर्न रोकिएको छ।वर्षातको समयमा नेपालले ११ अर्बभन्दा बढी रुपैयाँको बिजुली भारत निर्यात गरेको छ।नेपालले गत जेठदेखि भारतलाई बिजुली बिक्री थालेको थियो।

तर उत्पादन घट्दै गएको र माग बढ्न थालेसँगै निर्यात रोकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।बिजुलीको माग बढेसँगै आयात बढ्न थालेको पनि उनले जानकारी दिए।प्रवक्ता भट्टराईका अनुसार हाल प्राधिकरणले करिब प्रतिघण्टा चार हजार मेगावाट विद्युत आयात गरिरहेको छ।

‘हिउँदमा बिजुली उत्पादन घट्दै जान्छ। त्यसो हुँदा अझ आयात बढाउनुपर्ने हुन्छ। तर कतिसम्म बढ्छ भनेर अहिल्यै भन्न सकिन्न,’ उनले सेतोपाटीसँग भने।हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ५ रुपैयाँ ४० पैसादेखि ५ रुपैयाँ ६० पैसासम्म खरिद गरिरहेको पनि उनले बताए।

Europass CV in Nepal

बिजुली किनबेच गर्दा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरिन्छ। जसकारण हरेक ब्लकको मूल्य फरक/फरक हुने प्रवक्ता भट्टराईले जानकारी दिए।प्राधिकरणका अनुसार नेपालले सिजनमा करिब २ हजार २ सय मेगावाट बिजुली उत्पादन गर्दै आएको छ भने माग सरदर १ हजार ३ सय ५० मेगावाट छ। तर, सुख्खा याममा आधाभन्दा बढी उत्पादन घट्ने उनको भनाइ छ। उनका अनुसार हिउँदको समय ‍(कात्तिकदेखि चैतसम्म) दैनिक छ सय मेगावाट बिजुली उत्पादन हुन्छ।