मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

Himali Patrika 1 मिनेट पढाइ

११ कात्तिक, न्युयोर्क। संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो ।

एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ । एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन् ।

आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा उनले फेसबुले उनले फेसबुकले बालबालिकालाई नकरात्मक असर गरेको बताएकी थिइन् । फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् । एजेन्सी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।