मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

केपी ओलीले दिए बालेनलाई नफुट्ने तबला उपहार

Himali Patrika 1 मिनेट पढाइ

८ पुस, पोखरा । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए ।

र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले प्रश्न गर्छन्, ‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’

जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौंका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’ ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो ।

उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’ उनले आफूले किन तबला दिएको भन्ने थाहा नभए पनि दिन मन लागेर दिएको बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।