मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

१० वर्षसम्म नेपाल आउन नपाउने गरी अध्यागमन विभागले पठायो चार्ल्स शोभराजलाई फ्रान्स !

Himali Patrika 1 मिनेट पढाइ

सर्वोच्च अदालतको फैसलाले जेलमुक्त भएका चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइएको छ। केन्द्रीय कारागारबाट हिरासतमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।

उनका अनुसार शोभराजलाई शुक्रबार साँझ ६ बजे कतार एयरवेजमा राखेर लगेको हो। अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।

कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए। आजमात्रै उनलाई अध्यागमन विभागमा पुर्‍याएको थियो। अध्यागमन विभाग पुर्‍याएसँगै उनलाई डिपोर्टको प्रक्रिया अघि बढाएको थियो।

पेरिसमा क्रिसमस मनाउँछु : चार्ल्स 
नेपालबाट डिपोर्ट भएका चार्ल्स शोभराजले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् । विमानस्थलमा कतारक उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।

उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले बताए । ५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भए पनि उनी खुसी देखिएका थिए ।

‘उनी निक्कै खुसी भएर हामीसित बिदा हुँदै हँसिलो मुहारमा विमान चढे,’ अध्यागमनका एक कर्मचारीले भने । कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।