काठमाडौं : No Visa, Free Ticket, यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।
कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।
उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्रहण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए । आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।
लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् । उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’ यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।