वर्षमानको प्रश्न, सहयात्रा यहीँ टुंगियो – देउवाको जवाफ- म मिलाउँछु यार

वर्षमानको प्रश्न, सहयात्रा यहीँ टुंगियो – देउवाको जवाफ- म मिलाउँछु यार

जुन विश्वकपमा सर्वाधिक काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।

Europass CV in Nepal

पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।

देउवाको भनाइ थियो- होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।

आक्रामक देखिएका पुनलाई प्रधानमन्त्रीले आश्वास्त पारेका थिए। देउवाले सहकार्यका विभिन्न आयामहरू बाँकी रहेको भन्दै त्यस्तो निर्णय नगर्न आग्रह गरे। ‘त्यसो भनेर हुँदैन। गठबन्धनलाई जीवन्त बनाउन आबद्ध सबै दलहरूले ठूलो भूमिका निर्वाह गरेका छन्। माधव कुमार नेपालजीको भूमिका पनि उतिकै महत्पूर्ण छ। बरु मलाई समय दिनुस्, म जसरी पनि मिलाउँछु,’ देउवाले भने।

कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्न सकिने बताए। ‘सरकार गठनका लागि बरु शून्य समय थप्न आग्रह गरौं। पार्टीबाट मलाई त्यतिकै दबाब छ। मैले पार्टीमा पनि मिलाउनुपर्छ,’ उनले भने।

देउवाले यसबारे औपचारिकरूपमा छलफल गर्न गठबन्धन बैठक डाक्ने पुनलाई आश्वासन दिएका थिए। सोही आधारमा प्रधानमन्त्रीले गठबन्धनमा आबद्ध दलहरूसँग सम्बाद गरेका हुन्। उनले कांग्रेससहित माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग सरकार गठनको प्रयासस्वरुप सम्बाद गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय भोलि ५ बजे सकिँदैछ। प्रधानमन्त्रीका लागि देउवा र प्रचण्ड आकांक्षी बनेपछि सरकार गठन प्रक्रिया लम्बिने देखिएको छ। यद्यपि प्रचण्डले गठबन्धनबाट नपाए एमालेसँग तालमेल गरेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।