प्रचण्डलाई देउवाको जवाफ, पाईंलाई प्रधानमन्त्री दिन हाम्रा साथीहरूले मानेनन्

प्रचण्डलाई देउवाको जवाफ, पाईंलाई प्रधानमन्त्री दिन हाम्रा साथीहरूले मानेनन्

सत्ता गठबन्धनको बैठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेका हुन्।

सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्दा आफुले स्वभाविक रूपमा प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग बताए।

‘गठबन्धनको तर्फबाट डेढ वर्ष कांग्रेसले नेतृत्व गरेपछि अब पहिलो कार्यकाल आफूले पाउनुपर्ने कुरा अध्यक्ष प्रचण्डले राख्नुभयो,’ श्रेष्ठले भने।त्यसपछि देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन आफ्नो पार्टी पूर्ण रूपमा तयार नभएको बताए।

Europass CV in Nepal

‘मैले मात्रै भनेर भएन नी। साथीहरूको कुरा पनि सुन्नुपर्‍यो। अहिलेनै तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्। मैले पार्टीभित्र छलफल गरिरहेको छु,’ देउवाले प्रचण्डलाई भनेका छन्।

शनिबारको बेठकमा सहमति नजुटेपछि आइतबार बिहान १० बजे गठबन्धनको बैठक फेरि बोलाइएको छ। बैठकमा आलोपालो नेतृत्वका लागि सबै तयार रहेपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा सहमति नभएको हो।‘आलोपालो नेतृत्वका लागि कुनै विवाद नै छैन। तर पहिलो कार्यकालका विषयमा हामी जहाँको त्यहींनै छौं,’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। कार्यकालको विषयले गठबन्धन नटुट्ने उनको जिकिर छ। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपसभामुखबारे आइतबारनै छलफल हुने कार्कीले बताएका छन्।